aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लाभांश पारित गर्न सेञ्चुरी बैंकको साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
लाभांश पारित गर्न सेञ्चुरी बैंकको साधारणसभा हुँदै

काठमाडौं, वैशाख ११ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारणसभा बिहीबार हुने भएको छ । उक्त साधारणसभामा ६.५ प्रतिशत लाभांशसहित विभिन्न प्रस्ताव पेश गरिने भएको छ ।

चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँको ४ दशमलव ५ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर दिने बैंको प्रस्ताव बैंंक सञ्चालक समितिले निर्णय गरेको छ । 

सभा प्रयोजनका लागि बैंकले चैत २९ गतेदेखि बुक क्लोज गरेकाले चैत २८ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस