aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन १५ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले फागुन १५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउँनेछन् । 
 

प्रतिक्रिया दिनुहोस