aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चैत १२ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभाको लागि चैत २ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

नेप्से मार्फत सार्वजनिक सूचनामा कम्पनीले लाभांश प्रस्ताव भने समेटेको छैन् । यसर्थ यो वर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली बनाएको हो । गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीले रू. १ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  

उक्त अवधिसम्म शेयर प्रिमियममा रू. १ हजार, रिटेन्ड अर्निगमा रू. १ करोड ९ लाख र जगेडामा रू. १ करोड ४१ लाखभन्दा बढी रकम रहेको कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ९० लाख रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस