aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । राष्ट्र उत्थान  लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट रू.१६७ दशमलव ४३ देखि ५०२ दशलमव २९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तवित नेटवर्थ  रू. १६७ दशमलव ४३ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । 

नेप्सेले पहिलो कारोवारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ । कम्पनीले आईपीओको बाँडफाँट फागुन १२ गते गरेको हो । ७९ हजार ४५० जनाले १० कित्ताका दरले शेयर पाएका हुन ।, उक्त आइपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको थियो  । 

कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर फागुन ४ गते देखि ८ गते सम्म निष्कासन गरेको हो । कुल कित्ता मध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि,१३ हजार कित्ता शेयर कर्मचारीहरुको लागि र बाँकी रहेको ७ लाख ९४ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस