aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आइतवार सम्ममा ग्रीन भेन्चर्सको आईपीओमा १३ लाख १७ हजार कित्ताका लागि आवेदन पर्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
आइतवार सम्ममा ग्रीन भेन्चर्सको आईपीओमा १३ लाख १७ हजार कित्ताका लागि आवेदन पर्याे

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आइपीओ आइतबार सम्ममा १३ लाख १७ हजार १७० कित्ताका लाग आवेदन परेको छ ।  सिडिएस क्लियरिङका अनुसार आइतवार बिहान १० बजे सम्ममा ३ हजार ६७१ जनाले रू. १३ करोड १७ लाख १७ हजार बरावरको आवेदन परेको हो ।  

कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गते देखि विक्री खुला गरेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेकोे हो । 

यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । यो आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको यस आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । 

हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा सामूहिक लगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस