aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तरकारीको मुल्य दोब्बर भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
तरकारीको मुल्य दोब्बर भयो

काठमाडौं । तरकारीको मुल्य एक बर्षमै दोब्बर भएको छ । गत बर्षको तुलनामा यस बर्ष तरकारीको मुल्य दोब्बर भएको हो । 
कालिमाटी फलफुल तथा तरकारी बजार समितिका अनुसार गत बर्ष ४० देखि ४५ पर्ने तरकारीको मुल्य अहिले १०५ देखि १२५ सम्म पुगेको छ । तरकारी बजारको मुल्य आकासिएपछि तरकारी खरिद गर्न नै गह्रो भएको उपभोक्ता बताउछन् । 

गत आर्थिक बर्ष साउन १३ गते कालिमाटीमा गोलभेडाको प्रतिकेजी खुद्रा मुल्य  ४५ रुपैयाँ थियो । चालु आर्थिक बर्ष  सोही अवधीको मुल्य १०५ भएको छ । त्यस्तै सानो गोलभेडा ३८ बाट बढेर अहिले ८५ रुपैयाँ, आलु रातो ५८ बाट बढेर ६५ रुपैयाँ , काउली स्थानीय ६८ मुल्यबाट बढेर ११५ रुपैयाँमा, भन्टा लाम्चो ४८ मुल्यबाट बढेर १०५ भएको छ । 

त्यस्तै बोडी (तने) ६५ रुपैयाँबाट बढेर १०५, परवर ६५ रुपैयाँबाट १२५ भएको छ भने हरियो लसुनको १९५ रुपैयाँबाट २२५, अदुवा १४० रुपैयाँबाट बढेर २९० पुगेको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार पछिल्लो केही दिनमै हरियो तरकारीमा २ सय प्रतिशत र खाद्यान्न वस्तुमा ८० प्रतिशत बढी मूल्य वृद्धि  भएको बताए । बजारमा सरकारको उपस्थित नहुँदा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाएको अध्यक्ष महर्जनको भनाइ छ ।उनले भने, ‘पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुनुको मुख्य कारण सरकारको अपरिपक्व निर्णय पनि हो ।’

यसैगरी, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पछिल्लो समय बजारमा हरियो तरकारीदेखि माछा, मासुलगायत दैनिक उपभोग्य वस्तुको मूल्य २ सय प्रतिशतले वृद्धि भएको बताए । उनले भने, ‘सरकारी अनुगमन कमजोर भएकै कारण व्यापारीले फाइदा लिइरहेका छन् । बजारमा व्यापारीको मनपरी मूल्य नियन्त्रण गर्न सरकारी अनुगमन बलियो र पारदर्शी हुनुपर्ने पर्छ ।’

प्रतिक्रिया दिनुहोस