aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सात महिनामा जीवन बीमा लेख नवीकरणमार्फत ५८ अर्ब शुल्क संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
सात महिनामा जीवन बीमा लेख नवीकरणमार्फत ५८ अर्ब शुल्क संकलन

काठमाडौं । १९ जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा बीमालेख नवीकरणबाट मात्र ५८ अर्ब २६ करोड रुपैयाँ शूल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महिनामा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले उक्त नवीकरण शूल्क आर्जन गरेका हुन् । 

उक्त अवधिमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नवीकरणबाट सबैभन्दा बढी शूल्क संकलन गरेको छ । यो कम्पनीले १७ अर्ब २१ करोड रुपैयाँ बीमालेख नवीकरणबाट संकलन गरेको हो । त्यस्तै बीमालेख नवीकरणबाट बढी रकम संकलन गर्ने दोस्रोमा लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड रहेको छ । यो कम्पनीले ८ अर्ब २७ करोड रुपैयाँ बीमालेख नवीकरणबाट शूल्क आर्जन गरेको छ । 

त्यस्तै १९ जीवन बीमा कम्पनीमध्ये बीमालेख नवीकरणमार्फत् महालक्ष्मी लाईफ इन्स्योरेन्सले सबैभन्दा कम शूल्क संकलन गरेको छ । यो कम्पनीले बीमालेख नवीकरणबाट ३८ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै प्रभु लाईफ इन्स्योरेन्स बीमालेख नवीकरण शूल्क कम संकलन गर्ने दोस्रोमा छ । यो कम्पनीले ५२ करोड ९७ लाख रुपैयाँ नवीकरण शूल्क आर्जन गरेको छ । 

प्रतिक्रिया दिनुहोस