aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको अपि पावरको सर्वाधिक कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ फागुन २०७८
हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको अपि पावरको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २२७ धितोपत्र मध्ये अपि पावरको धितोपत्रको सर्वाधिक शेयर खरीद विक्री भएको छ । कम्पनीको रू. १६ करोड ९ लाख बरावरको शेयर खरीद विक्री भएको हो । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९८ दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको ३ लाख १८ हजार २८३ कित्ता शेयर खरीद विक्री भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीद विक्री भएको हो । कम्पनीले १ः०.३९३६ अर्थात ३९ दशमलव ३६ प्रतिशत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । 

उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्रबोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको १ करोड ८ लाख ६० हजार  कित्ता हकप्रद शेयर निकाष्सन गर्ने तयारीमा रहेको हो । 
 

प्रतिक्रिया दिनुहोस