aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेको इन्सुरेन्सले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
नेको इन्सुरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गते बुधबार आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा २६औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन पाउने छन् भने लाभांश प्राप्त गर्न पनि सक्नेछन्।

प्रतिक्रिया दिनुहोस