
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लागि पािरत गरेको कर समेत २ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत माघ २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त नगद लाभांश माघ ११ गतेसम्म आफ्नो बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामै नगद जम्मा गरेको हो ।
त्यस अवधिपश्चात बैंक खाता अद्यावधिक गराएका सदस्यहरुको समेत नगद लाभांश क्रमश वितरण गर्दै गरिएको समेत कम्पनीले जानकारी दिएको छ । यसर्थ हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरुले यथासिघ्र अद्यावधिक गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।
माघ ११ गतेभन्दासम्म शेयर धितो राखेका सदस्यहरुले भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको कर्जा फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
यस वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफाबाट नगद लाभांशसँगै २५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात वितरण हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा यस वर्ष २७ प्रतिशत लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस