aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्न २६ कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० फागुन २०७८
आईपीओ निष्कासन गर्न २६ कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं । विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर निष्कासनको तयारीमा रहेका छन् । २६ कम्पनीले आईपीओ निष्कासन विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।

सेबोनका अनुसार २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ । आईपीओका लागि पाइपलाइनमा रहेका २६ वटा कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, २० वटा हाइड्रोपावर, तीनवटा फाइनान्स र अन्य समूहको कम्पनीमा डिस मिडिया नेटवर्क रहेको छ ।  

आदर्श लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् । 

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । 

पाइपलाइनमा सबैभन्दा बढी हाइड्रोपावर कम्पनी 
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता, सिक्लेस हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १९ लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । त्यस्तै, साञ्जेन जलविद्युत लिमिटेडले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता, स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता, एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, रसुवागढी हाइड्रोपावर लिमिटेडले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता र पिपुल्स पावर लिमिटेड ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् । 

सेबोनका अनुसार मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता, बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता,  हिमालयन हाइड्रोपावर लिमिटेडको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका छन् । 

यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २० करोड रुपैयाँ बराबरको  २० लाख कित्ता, सयपत्री हाइड्रोपावर लिमिटेडको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता, रिभल फल्स पावर लिमिटेडको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस