aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जानकी फाइनान्सको साधारणसभा आज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ फागुन २०७८
जानकी फाइनान्सको साधारणसभा आज हुँदै

काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारणसभा आज  हुँदै छ । सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा हुने भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरणको प्रस्ताव पारित गर्नेछ । 
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ देखि फागुन ६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । 

यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् । कम्पनीले यसअघि फागुन ७ गते साधारणसभा आयोजना गरेकोमा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस