aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा फागुन २६ गते हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ फागुन २०७८
युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा फागुन २६ गते हुदै

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा फागुन २६ गते बोलाएको जानकारी गराएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने घोषणा गरेको छैन । त्यसैगरी सभाले हाल कायम रहेको सञ्चालकहरुको सख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ५ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ । यस आधारमा फागुन ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस