
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईं प्रभु लाइफ इन्स्योरेन्समा सल्लाहकारका रुपमा प्रवेश गरेका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई हाल बीमा विज्ञका रुपमा नियुक्त गरेको हो । आइतबार बीमा समितिले उनलाई प्रभु लाइफमा सल्लाहकार नियुक्त गर्न सहमति दिएको हो ।
प्रभु लाइफ इन्स्योरेन्समा हाल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल प्रमुख कार्यकारी अधिकृत रहेका छन् । नेपाल लाइफ छोडेका प्रसाईले कार्यकारी पदमा बस्न नपाउने नियमका कारण उनी प्रभु इन्स्योरेन्समा सल्लाहकारका रुपमा नियुक्त भएका हुन ।
प्रतिक्रिया दिनुहोस