aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत प्राधिकरणका सुपरभाइजर पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
विद्युत प्राधिकरणका सुपरभाइजर पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव–स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले पहाडी विरुद्ध एक लाख ४० हजार रुपैयाँ  कायम गरी घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

सुपरभाइजर पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाआयोगमा परेको थियो । उक्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोमप्रसाद पहाडीलाई सेवाग्राहीबाट एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा पुष २९ गते नियन्त्रणमा लिएको थियो ।  

पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगको भनाई छ  । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग सहित बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस