aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१३ लाख पुरस्कार रासिको दोस्रो “आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट” हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ फागुन २०७८
१३ लाख पुरस्कार रासिको दोस्रो “आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट” हुने

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’ हुने भएको छ । यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो । 

स्व शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । “पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” प्रवक्ता बर्तौलाले भने ।  

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक बर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यस अघि नै यती एअरलाइन्सले घोषणा गरिसकेको छ । उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ । 

प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु ३ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिव १३ लाख मुल्य बराबरको पुरस्कार वितरण हुनेछ । 

उक्त प्रतियोगितामा यती एअरलाइन्स, तारा एअर, हिमालय एअरलाइन्स, एल्टिच्युट एअर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ्ग रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एअरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् । नेपालको पर्यटन विकास, प्रवद्र्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको टोलीमा निधन भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस