
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारणसभा चैत १७ गते डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैंठकले अम्रपाली ब्याङ्केट, बालुवाटरमा विहान १० : ३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
हालको चुक्तापूँजी रू. १ अर्ब २० करोड ६० लाख १३ हजारको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३२ करोड ६६ लाख १४ हजार कायम हुनेछ । सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति दिनेछ ।
साथै सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व हुने गरी दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गते एक दिन बुक क्लोज गर्ने भको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन चैत २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । चैत ६ गते अघिका तीन दिनमध्ये चैत ४ गते शुक्रबार र ५ गते शनिबार बजार बन्द हुने र चैत ३ गते फागुपूर्णिमाको सार्वजनिक विदाका कारण पनि बजार बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस