
एजेन्सी । भारतको चर्चित कफि क्याफि डेका मालिक वीजी सिद्धार्थ बेपत्ता भएपछि शेयर बजारमा भारी गिरावट आएको छ । कफि डे इन्टरप्राइजेजको शेयर मंगलबार अहिलेसम्मकै धेरै अंकले घटेको छ । मंगलबार उक्त कम्पनीको शेयरमा २० प्रतिशतसम्मको गिरावट भएको छ । सोमबार उक्त कम्पनीको शेयर १९२.५५ पैसा भारुमा कारोबार भइरहेका थियो तर मंगलबार भने १५४ रुपैयाँ प्रति शेयर मुल्य भएको छ ।
पछिल्लो ५ महिनामा कम्पनीको शेयर १५० रुपैयाँभन्दा बढीले घटिसकेको छ १८ मार्चमा कम्पनीको शेयर ३१० रुपैयाँ भारु थियो । भारतीय सञ्चारमाध्यकमा अनुसार कम्पनीको संस्थापक वीजी सिद्धार्थका नाममा विभिन्न बैंकहरुमा करिब ७००० करोडको ऋण रहेको बताएका छन् । कफि डे सन १९९६मा बैगलोरबाट शुरु भएको थियो । कम्पनीका मालिक मंगलबार अचानक वेपत्ता भएको खबर भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस