aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हुन्डाईले ल्याएको छ बेष्ट बाइ  योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ फागुन २०७८
हुन्डाईले ल्याएको छ बेष्ट बाइ  योजना

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई बेष्ट बाइ”योजना ल्याएको छ । यो योजना नेपाल भरी लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँसम्मको बेष्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । यस्तै,४००००० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने कम्पनीले दावी गरेको छ । यो योजना २०७८चैत्र१९ सम्म लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस