aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा आज

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आज गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा–२, कमलादीमा बिहान ११ बजे शुरु हुने बताइएको छ ।  

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन । 

त्यसैगरी, सभाले हाल कायम रहेको सञ्चालकहरुको संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस