aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गरिमा विकास बैंकले १५औं वार्षिक साधारणसभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
गरिमा विकास बैंकले १५औं वार्षिक साधारणसभा गर्ने

काठमाडौं । गरिमा विकास बैंकले चैत १८ गते शुक्रबार १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको फागुन २५ गतेको बैठकले होटल पोखरा ग्राण्ड, बिरोटा, पोखरामा बिहान १०ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । 

सभाले हाल कायम चुक्तापूँजीको १६ पतिशतले हुन आउने प्रस्तावित बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । गरिमा विकास बैंकले सहरा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गरिएले प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर कात्तिक २८ गतेसम्म कायम शेयरधनीको हकमा छुट पाउने छन् । उक्त छुट पाउनका लागि सो मितिभन्दा पठाडी दोस्रो बजारबाट शेयर खरिदविक्री भई कायम शेयरधनीले प्रस्तावित लाभांश बापत नियमानुसार बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ । 

सभाले बोनश शेयर वितरणपछि कायम हुने कुल चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम गर्न अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

साधारणसभा प्रयोजनका लागि चैत ४ देखि १८ गतेसम्म बुक क्लोज रहने जानकारी दिइएको छ । चैत २ गतेसम्म कामय शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । 

प्रतिक्रिया दिनुहोस