
काठमाडौं । इर्मजिङ्ग नेपाल लिमिटेडको शेयर विहीबार उच्च अंकले वृद्धि भइरहेको छ । यस अवधिसम्म इर्मजिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । बिहीवार नेप्से परिसूचक सुरुवाती समयमा दोहोरो अंकले बढीरहेको छ । कारोबारको सवा एक घण्टाको अवधिसम्म १८ दशमलव ९८ अंकले बढेर नेप्से परिसूचक २ हजार ५३३ दशमलव ५६ विन्दुमा पुगेको हो ।
कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ३४१ दशमलव ५० कायम भएको हो । बिहीवार दोस्रो बजारमा चौथो दिन कम्पनीको शेयर कारोबार भैरहेको हो । यो दिन कम्पनीको शेयर खरिद चाप रहेको छ । १ लाख ६३ हजार कित्ताभन्दा बढी खरिद माग रहदा विक्री कर्ता भने देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस