aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशी बीमा कम्पनीका शाखाले कसरी पुँजी पुर्याउने योजना बनाउँदैछन् ?

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, २७ फागुन २०७८
विदेशी बीमा कम्पनीका शाखाले कसरी पुँजी पुर्याउने योजना बनाउँदैछन् ?

काठमाडौं । नेपालमा बीमा कम्पनीहरुको पुँजी कम भएको चर्चा चलिरहेका बेलामा विदेशी बीमा कम्पनीहरुका शाखाहरुको पुँजी कति हुने भन्ने विषय चर्चामा आएको छैन । हाल नेपालमा नेशनल इन्स्योरेन्स कम्पनी, ओरेन्टल इन्स्योरेन्स र मेट लाइफ विदेशी कम्पनीका शाखा रहेका छन् । 

बीमा समितिले व्यवस्था गरेअनुसार तीन विदेशी कम्पनीको पुँजी कम भएको देखिएको छ । तर, बीमा समितिले विदेशी कम्पनीहरुको असाइन क्यापिटलका रुपमा भएपनि  पुँजीको व्यवस्था गरि नेपालको कानुनले व्यवस्था गरेको व्यवस्था मान्न पर्छ । 

विदेशी बीमा कम्पनीका शाखा भएका कम्पनीहरुलाई पनि नेपाली कम्पनीहरुलाई जस्तै तोकेको जति नै पुँजी उनीहरुको नाफाबाट राख्नुपर्ने व्यवस्था गरेको बीमा समितिले जनाएको छ । बीमा समितिका अनुसार यो व्यवस्था अनुरुप ती कम्पनीहरुले पुँजी नपुर्याएको जानकारी दिएको  छ ।  

बिमा समितिका उपनिर्देशक शाम्भप्रसाद लामिछानेका अनुसार विदेशबाट शाखाको रुपमा स्थापित बिमा कम्पनीहरुलाई नाफाको रकम र कोषमा राखेको रकमलाई असाइन क्यापिटलको रुपमा मान्यता दिइएको छ । 

उनी भन्छन्, ‘अहिले नेपालमा जिवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई एक अर्ब रुपैयाँ पुँजी हुनपर्ने व्यवस्था गरेको छ । नेपाली बीमा कम्पनीलाई जति पुँजी चाहिन्छ । त्यति नै रकम विदेशी बीमा कम्पनीहरुका शाखा कम्पनीहरुले पनि असाइन क्यापिटलको रुपमा राख्नुपर्छ भन्ने व्यवस्था छ । त्यसका लागि हामीले पत्राचार पनि गरिरहेका छौ । भारतका दुई वटा ओरियन्टल र नेपाल इन्स्योरेन्स कम्पनी भारतमा नै मर्ज हुने भनिएपछि दुई वटै कम्पनीको पुँजी एउटै हुने भनेर उनीहरुले अनुरोध गरेका थिए । मेटलाइफ कम्पनीलाई पनि पत्राचार गरेका थियौ ।’

यता मेट लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका अध्यक्ष समेत रहेका निर्मल काजी श्रेष्ठले भने असाइन क्यापिटलभन्दा पनि सबै बिमा कम्पनीहरुको जोखिममा आधारित पुँजीलाई आधार बनाएर अगाडी बढ्ने सामान्य सहमति भएको बताउँछन् । 

श्रेष्ठ भन्छन्, ‘सबै बीमा कम्पनीहरुको जोखिममा आधारित पुँजीलाई आधार बनाएर अगाडी बढ्ने गरि त्यसको तयारी गरिरहेका छौं । सका लागि अध्ययन गर्नुपर्ने देखिएकाले बिमा समिति लगायत सबै बिमा कम्पनीहरु अध्ययन कै क्रममा रहेका छन् । जोखिममा आधारित पुँजी निर्माणका निम्ति  लागि विज्ञहरुको सल्लाह र सुझाव आवश्यक हुने हुँनाले नेपालमा बिमाको एचुरियल र बीमा क्षेत्रको जोखिमको अध्ययन गर्ने विज्ञहरुको खोजी गरिरहेका छौ ।’

यसका साथै केही हदसम्म नेपालमा रहेका बिमा विज्ञहरुलाइ नै यस सम्बन्धी तालिमहरु उपलब्ध गराइरहेको उनले बताए । उनले भने, ‘नेपालको बिमासँग सम्बन्धीत अध्ययनका लागि विश्व बैंकले पनि सहयोग गर्ने भनिएको छ । यसबीचमा नेपाल रिइन्स्योरेन्सले विदेशबाट सम्बन्धीत क्षेत्रका विज्ञहरु ल्याएर केही तालिमहरु सञ्चालन गरिसकेको छ । बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्रै बिमा कम्पनीहरुको पँजीगत संरचना कस्तो बनाउने भन्ने विषयमा हामी निचोडमा पुग्छौ ।’

प्रतिक्रिया दिनुहोस