
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयको एक बराबर एक हकप्रद भर्ने भोलि बुधबार अन्तिम हो । संस्थाले असार १२ गते बिहीबारदेखि शतप्रतिशत जारी गरेको हकप्रद शेयरमा आवेदन दिने साउन १५ (बुधवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकाले असार १ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरिदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड , जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । साथै, मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिनेछ । हाल २ करोड ८८ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको हकप्रदपश्चात ५ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस