aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रस्तावित बोनश शेयर पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
प्रस्तावित बोनश शेयर पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं साधारणसभा चैत २१ गतेका लागि डाकेको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे साधारणसभा गर्ने  निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस