
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतबार (आज)सम्म रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेकोमा आज बैंकिङ समयपछि निष्कासन बन्द हुने जानकारी गराएको हो ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ८१ करोड ८९ लाख पुुग्ने छ ।
कमपनीले निष्कासन गरेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ दिएको छ । यस्तो रेटिङले समय वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाँउछ । विक्री प्रबन्धक बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकका साथै मेरो शेयर एपबाट पनि उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस