
काठमाडौं । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।
इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।
हरेक बर्ष भारतिय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । ती मध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनिय बिक्रिको रेकर्ड राख्न सफल हुन्छन् । यस बर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक विक्रि सहित अग्रता हात पार्न सफल भएको छ ।
उत्पत्तीको स्थान अन्यत्र भएतापनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै मोटरसाइकलहरु अवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनु पर्दछ । उपाधि विजेताको घोषणा निर्णयक मण्डलीको भोटका आधारमा गरिएको हो । निर्णायक मण्डलीमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ र तिनले प्रतिस्पर्धामा सम्मिलित कम्तिमा ५ मोटरसाइकलका लागि अंक विनियोजन गर्नुपर्ने हुन्छ ।
साथै, तिनले कुनैपनि बाइकलाई १० भन्दा बढी अंक प्रदान गर्न पाउँदैनन् । निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइन्छ । सन् २००७मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरुको भेला हुँदा आईएमओटीवाईको शुरुवात गर्ने निर्णय संगै यस अवार्डको थालनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस