aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

होण्डाको एक्स्चेन्ज क्याम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
होण्डाको एक्स्चेन्ज क्याम्प

काठमाडौं । नेपालका लागि होण्डा मोटर साइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले काठमाडौंमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।
 
यस एक्स्चेन्ज क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइकवा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा  ७००० रुपैयाँ अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 यस एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ । थप जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सक्ने कम्पनीले बताएको छ ।   


 

प्रतिक्रिया दिनुहोस