aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणमा निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० फागुन २०७८
ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणमा निष्कासन हुने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सार्वसाधारणमा चैत ८ गतेदेखि सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ९३ हजार ७५० कित्ता अर्थात ३ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ५६ हजार कित्ता २२५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणा निष्कासन गर्न लागेको हो । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गरेको आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिने छ । तर, उक्त समयमा माग अनुसार आवेदन नपरे चैत २२ गतेसम्म समय थप गरिने छ । यसअघिका आईपीओमा परेको आवेदन हेर्दा यो आईपीओ चैत ११ गते नै बन्द हुने देखिन्छ । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग नेपालले केयर–एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । यस्तो रेटिङ्गले समयमा नै वित्तीय दायित्व सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ । आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि स्थानीयका लागि विक्री खुला गरी फागुन २९ गते आइतबार बाँडफाँटसमेत गरिएको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० रुपैयाँ पुग्ने छ । 

प्रतिक्रिया दिनुहोस