aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सामलिङ्ग पावरले चैत २१ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० फागुन २०७८
सामलिङ्ग पावरले चैत २१ गते बोलायो साधारण सभा

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा चैत २१ गते बोलाएको छ । कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकले कार्की ब्यङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जनाबनाउने र यसका लागि कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । 

साथै सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभाप्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयर धनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस