
काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले प्रस्ताव गरेको हुल १५ दशमलव ७९ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन ३० गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारितका लागि चैत ९ गते बोलाएको साधारण सभा चैत १ गते मंगलवार बुक क्लोज गर्ने भएसँगै फागुन ३० गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरनधीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रहेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस