काठमाडौं । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल र फिड सप्लीमेन्टहरुको अस्वाभाविक मूल्य बृद्धिवाट उत्पादन लागत बढेको छ । दाना बनाउने कच्चापदार्थमा उच्च भन्सार महशुल लाग्दै आएकाले कच्चापदार्थको मूल्यमा अस्वभाविक लागत बढेको दाना उत्पादन संघले बताएको छ ।
आर्थिक वर्ष २०७४।०७५को वजेटसम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चापदार्थहरुमा मकै तथा भटमासको पिना भन्सार महशुल १.६ प्रतिशत रहेको थियो । तर, आब २०७५।२०७६ बाट मकैमा ५ प्रतशित र भटमासको पिनामा ९ प्रतशितसम्म कृषि सुधार शुल्क बढाएकोले स्वत दानाको मुल्यमा बृद्धि हुन गएको हो ।
पशुपंक्षिको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थहरुको मुल्य बढेसंगै दानाको मुल्य पनि बढेको छ । विगत २ महिनादेखि सदर १०० रुपैया प्रति के.जी रहेको भटमास पिना ११५ र ३८–३९ रहेको मकैको रेट ४७ रुपैया प्रति के.जी रहेको छ जसको कारण दानाको उत्पादन लागत बढेको संघको भनाइ रहेको छ । भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मुल्य पनि बढेको छ । मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतशितको हाराहारी योगदान रहन्छ । विगत ६ महिनाको अवधीको मुल्य अवस्था यस अनुसार छ ।
हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन त्यसमा पनि ६० भन्दा बढि ठुलो लगानीका पेलेट फिडहरु स्थापना भईसकेका छन । करिव १ खर्ब भन्दा बढिको लगानी भएको छ । यो व्यवसायले १ लाख बढिलाई रोजगारी श्रृजना गरी यूवाहरुलाई विदेशिनवाट रोकेको छं । त्यस्तै पोल्ट्री व्यवसायले नेपालको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतशित योगदान पु¥याएको छ ।
प्रतिक्रिया दिनुहोस