aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गते मंगलवार (आज) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा चैत २१ गतेसम्म आवेनद दिन सक्नेछन् । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले  इक्राएनपी आइआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउक्छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस