aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिउरी न्यादी पावरको पाँचौं साधारण सभा चैत २१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
सिउरी न्यादी पावरको पाँचौं साधारण सभा चैत २१ गते

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौं वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । सभा युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । 

सभाको विशेष प्रस्तावमा कम्पनीको पूँँजी वृद्धि गर्ने सम्बन्धी रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाही अनुमोदन गर्ने, सञ्चालकको नियुक्ती अनुमोदन गर्ने पनि रहेको छ ।  

त्यस्तै, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस