
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओले पहिलो कारोबारको लागि रू.२६० दशमलव ४ देखि ७८२ दशलमव ५२ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको बास्तविक प्रतिशेयर नेटवर्थ आव २०७६/७७ को रू. २६० दशलमव ८४ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेप्सेले कम्पनीको पहिलो करोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण कम्पनीको पहिलो कारोबारलागि उक्त मूल्य पाउने देखिएको हो । कम्पनीले फागुन ११ गते देखि १५ गते सम्म ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको हो ।
जसमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि,४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीआको बाँडफाँट फागुन २४ गते भएको हो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।
बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनालाई एक र एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएकामध्य २४ लाख ४९ हजार ६४५ जना आवेदकको भने हात खाली भएको छ ।
प्रतिक्रिया दिनुहोस