aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता सम्पन्न

काठमाडौ । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पन्न सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने ५ भन्ने विश्वास र प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालले आजको वदलिँदो परिस्थितिमा बीमाको अपरीहार्यताको बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त ५लफल गर्न सकेमा पछी दावीको अवस्थामा कुनै समस्या नहुने कुरा आफ्नो प्रस्तुतीकरणमा बताए  । 

उक्त कार्यक्रमका संयोजक तथा सं३का महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पारेका थिए । भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेकी थिइन् ।

सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य सघका अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस