aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौंको किर्तिपुरको गाउँब्लकमा लालपूूर्जा वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
काठमाडौंको किर्तिपुरको गाउँब्लकमा लालपूूर्जा वितरण

कीर्तिपुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गरेकी छिन । 
 
किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यहि चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूूर्जा  वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन । 

उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र वजेट व्यवस्था गर्न लागिएको पनि बताइन । मन्त्री शशी श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन ।
 
राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाई गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उहाँले सुझाव दिइन  ।

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम अगाडी बढाइएको र जिल्ला आयोग गठनको काम भइरहेको पनि बताइन । 
 
विशेष गरी काडमाडौं उपत्यका र देशका विभिन्न भागमा समेत रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न पनि आफूूले प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको बताइन ।
 
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी,  हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी पनि दिइन ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी र चितवन जिल्लाका विभिन्न गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी थिइन  । 

प्रतिक्रिया दिनुहोस