aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

३५ बिगाहा जग्गामा लगाईएको अफिम खेती नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
३५ बिगाहा जग्गामा लगाईएको अफिम खेती नष्ट

मकवानपुर । राक्सिराङ गाउँपालिका-४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका-४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका-७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका-८ अन्तर्गत रुपलाङ र डुडलुङ लगायतको क्षेत्रमा ३५ बिगाहामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको छ ।

 लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस