aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेष्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा शुक्रवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
बेष्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा शुक्रवार हुदै

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १२ः३० बजे शुरु हुने जानकारी गराएको हो । 

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने पनि रहेको छ । त्यसैगरी सभाले यस कम्पनीले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।  

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २० गते बन्द गरिसकेको छ । यस आधारमा फागुन १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस