aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल लाईफको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
नेशनल लाईफको अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहज्यूलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

कम्पनीको गत फागुन २९ गते भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिईन् । उक्त समारोहमा बीमा समितिको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस