aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा शेयर बजारमा लगानीकर्ता १००देखि ३०० प्रतिशतसम्म वृद्धि, कुन प्रदेशमा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ चैत्र २०७८
भारतमा शेयर बजारमा लगानीकर्ता १००देखि ३०० प्रतिशतसम्म वृद्धि, कुन प्रदेशमा कति ?

एजेन्सी । भारतको बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा दर्ता भएका लगानीकर्ताको संख्या १० करोड नाघेको छ । यो पहिलो पटक भएको हो । पछिल्लो ९१ दिनमा एक करोड लगानीकर्ता बढेका छन् । यससँगै यसको मार्केट क्याप २५४ लाख करोड रुपैयाँ पुगेको छ ।

बीएसईको तथ्याङ्कअनुसार डिसेम्बर १५ मा यसका कुल दर्ता भएका लगानीकर्ता ९ करोड थिए ।  जुन १६ मार्चमा १० करोड नाघेको छ । यसअघि ८५ दिनमा एक करोड लगानीकर्ता बढेको थियो जुन ८ बाट ९ करोड पुगेको थियो । पछिल्लो दुई वर्षयता लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यद्यपि, गत वर्ष अक्टोबरमा सूचीकृत कम्पनीहरूको मार्केट क्याप रेकर्ड २७४ लाख करोड रुपैयाँ थियो । बीएसईले सन् २००८ मा पहिलो पटक एक करोड लगानीकर्ताको सङ्ख्या पार गरेको थियो । बीएसईका एमडी आशिष चौहानले सोशल मिडियामा यो जानकारी दिए ।

तथ्यांकअनुसार १४ वर्षमा यसका लगानीकर्ताको संख्या १० गुणा बढेको छ । तिनीहरूको संख्या २००८ मा एक करोडबाट बढेर २०२२ मा १०.०८ करोड पुगेको छ । मणिपुर, मध्य प्रदेश, लक्षद्वीप, ओरिसा, असम र अरुणाचल प्रदेशमा सबैभन्दा धेरै लगानीकर्ताहरू देखा परेका छन् । यहाँ १०० देखि ३०० प्रतिशतको वृद्धि देखिएको छ ।

असममा लगानीकर्ताको संख्या २८६ प्रतिशतले वृद्धि भएको छ । जबकि सम्पूर्ण देशमा वार्षिक आधारमा तिनीहरूको संख्या ५८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लगानीकर्ताहरू महाराष्ट्रमा छन्, जसको संख्या २.०६ करोड छ । जुन कुल लगानीकर्ताको २१ प्रतिशत हो । गुजरात १.०१ करोडको साथ दोस्रो नम्बरमा छ । यसको हिस्सा ११ प्रतिशत छ ।

मध्य प्रदेशमा कुल ४६ लाख लगानीकर्ता छन् । पञ्जाबमा २२ लाख, हरियाणामा ३१.९, राजस्थानमा ५६.३०, उत्तर प्रदेशमा ८५.४३, दिल्लीमा ४८.६६, छत्तीसगढमा ९.१ लाख, बिहारमा ३०.६१ लाख र झारखण्डमा १५.४१ लाख लगानीकर्ता छन् ।  सेप्टेम्बर त्रैमासिकको तुलनामा डिसेम्बर त्रैमासमा कुल लगानीकर्ता ३१.८२ लाखले बढेको छ भने सेप्टेम्बर त्रैमासिकमा ९८.८ लाख लगानीकर्ता बढेका छन् ।

मध्य प्रदेशमा एक वर्षमा लगानीकर्ताको संख्या १०९ प्रतिशत बढेको छ । छत्तीसगढमा ७७ प्रतिशत र बिहारमा ११६ प्रतिशतले वृद्धि भएको छ । राजस्थानमा ८४.८ प्रतिशत र उत्तर प्रदेशमा ८४ प्रतिशत लगानीकर्ताहरू बढेका छन् । नयाँ लगानीकर्ताको साथमा डिम्याट खाता पनि द्रुत गतिमा बढेको हो । पछिल्लो तीन वर्षमा उनीहरुको संख्या दोब्बर भएको छ । बीएसईमा करिब ५ हजार कम्पनी सूचीकृत छन् ।

तर, गत वर्ष सूचीकृत अधिकांश नयाँ युगका कम्पनीहरूमा लगानीकर्ताले ठूलो घाटा बेहोरेका छन् । तिनीहरूको मार्केट क्याप ६८ प्रतिशतसम्म घटेको छ । तथ्याङ्क अनुसार सीडीएसएल ६ करोड डिम्याट खाता भएको पहिलो डिपोजिटरी हो ।

प्रतिक्रिया दिनुहोस