aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्स र खल्तीबीच साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ चैत्र २०७८
सिटिजन लाइफ  इन्स्योरेन्स र खल्तीबीच साझेदारी

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन”अभियान शुरु गरेको छ । यस अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरुदेखि नै सञ्चालन गर्दै आएको थियो । त्यीस्तै, अनलाईन बीमा दाबी सेवा सञ्चालन गरेको छ ।

 कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहजब “डिजिटल सिटिजन”अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।

प्रतिक्रिया दिनुहोस