aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जीवन विकास लघुवित्तले बोलायो साधारणसभा, साढे ७३ प्रतिशत लाभांश पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
जीवन विकास लघुवित्तले बोलायो साधारणसभा, साढे ७३ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । चैत ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चैत २५ गते शुक्रबार बिहान १०ः३० बजे केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले प्रस्तावित ७० प्रतिशत बोनस शेयर र कर प्रयोगनसहित ३ दशमलव ६८४२ प्रतिशत नदग लाभांश गरी कुल ७३ दशमलव ६८४२ प्रतिशत लाभांश पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १२ देखि २५ गतेसम्म बुक क्लोज रहने छ ।

चैत ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

प्रतिक्रिया दिनुहोस