aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लाभांश पारितका लागि प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
लाभांश पारितका लागि प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे राख्ने जानकारी दिएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत १७ गते गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउने छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।   
 

प्रतिक्रिया दिनुहोस