aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । 

सभा होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । साथै सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव  पनि पारित गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस