aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तारागाउँ रिजेन्सी होटलको साधारण सभा चैत २७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
तारागाउँ रिजेन्सी होटलको साधारण सभा चैत २७ मा

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको २५औं साधारण सभा चैत २७ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । 

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई

अनुमोदन गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस