aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘कोरोनाले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
‘कोरोनाले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित छ’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरका छन् । सीबीफीनले आयोजना गरेको विशेष बैठकमा उनले यस्तो बताएका हुन् । सहुलियत ऋणबाट तरलताको समस्या पनि समाधान हुने र  बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनले भनाई छ ।  

त्यस्तै, उनले व्यावसायिक क्षेत्रका उद्यमीहरूले कोरोना भाइरसले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको बताए । यस्तो कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ । 

‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अर्ब ३ करोडले घाटामा छ’, उनले भने, ‘यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फत MSMEs लाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ । जसले दिगो अर्थतन्त्रका लागि उत्पादक/कृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ ।’  

प्रतिक्रिया दिनुहोस