काठमाडौं । काठमाडौंमा देखिएका बर्डबर्डफ्लु हालसम्मा ११ जिल्लामा पुगेको छ । पहिला काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको थियो ।
पशु सेवा विभागले दिएको जानकारी अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की रहेका छन् ।
यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो ।
प्रतिक्रिया दिनुहोस