aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सुजुकीले भारतमा विद्युतीय गाडी उत्पादनका लागि १० हजार करोड लगानी थाल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ चैत्र २०७८
सुजुकीले भारतमा विद्युतीय गाडी उत्पादनका लागि १० हजार करोड लगानी थाल्ने

एजेन्सी । जापानी कम्पनी सुजुकी मोटर कर्पोरेशन (SMC) ले भारतमा विद्युतीय सवारी साधन (इभी) र ब्याट्रीको स्थानीय उत्पादन विस्तार गर्न १०,४४५ करोड रुपैयाँ भारु लगानी गर्ने भएको छ । एसएमसीले १९ मार्च, २०२२ मा भारतको नयाँ दिल्लीमा आयोजित भारत–जापान आर्थिक मञ्चमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा गुजरात राज्यसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

सुजुकी मोटर गुजरातमा २०२५ मा विद्युतीय सवारी साधनको उत्पादन क्षमता बढाउन ३१०० करोड लगानी गरिनेछ । २०२६ मा विद्युतीय सवारीका लागि ब्याट्री बनाउन प्लान्ट स्थापना गर्न ७३०० करोड भारु लगानी गर्ने बताइएको छ । 

जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौता भएको हो । तोशिहिरो सुजुकीका प्रतिनिधि निर्देशक तथा सुजुकी मोटर कर्पोरेशनका अध्यक्ष तथा मारुती सुजुकी इण्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ केनिची अयुकावा, भारत र जापानका प्रतिष्ठित उच्च सरकारी अधिकारीहरु समेत उक्त समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस