aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ चैत्र २०७८
प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटेल रेडिसन काठमाडौंमा सम्पन्न भएको हो । सभाले आव २०७६/७७ को वार्षिक  प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट शंकर गौतम र  दीपक पाण्डे सर्वसम्म निर्वाचित भएका हुन । त्यसैगरी संस्थापक शेयरधनीको तर्फबाट डा. बिमला दाहाल  रेग्मी र स्वतन्त्र सञ्चालकमा अनिल प्रसाद श्रेष्ठलाई सञ्चालक समितीले गरेको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ । 

त्यसैगरी सभाले आव २०७६/७७ को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम रू. ७ लाख ५० हजार रुपैयाँ लाई कम्पनी ऐन बमोजिम अनमोदन गर्ने प्रस्ताव पनि परित गरेको हो । 

प्रतिक्रिया दिनुहोस